बहराईनको राष्ट्रिय दिवसको अन्तर्राष्ट्रिय गीतमा दमौलीका बिपिनको स्वर

  • ख-
  • ख+

दमौलीः बहराईनको राष्ट्रिय दिवसमा तयार पारिएको अन्तर्राष्ट्रिय कलाकारको स्वर रहेको गीतमा दमौलीका युवाले स्वर दिएका छन् । व्यास ३ घर भै हाल युएईको सारजहामा रहेका सञ्चारकर्मी बिपिन श्रेष्ठले बहराईनको राष्ट्रिय दिवसका लागि तयार गीतमा आवाज भरेका हुन् ।


नेपालीका साथै एक बलिउडका प्लेब्याक सिंगर, दुई दक्षिण भारतीय, अंग्रेजीलगायतका भाषाका कलाकारको स्वर रहेको गीत दुई मिनेट लामो छ । जुन केही दिन अघि त्यहाँको ४९ औं राष्ट्रिय दिवसका अवसरमा बहराईनको रेडियो स्टेशन १०४.२ ले तयार पारेको हो । रेडियोका लागि युएईका चर्चित आरजे जानले तयार पारेको गीत त्यहाँको एक मात्र रेडियोमा हरेक एक घण्टामा बज्छ ।

गीतमा श्रेष्ठको आवाजमा ‘काँधमा काँध मिलाएर समृद्धिको बाटोमा बढ्दैछौं । बहराईनको माटोलाई सम्मान गर्दै भविष्यको बाटो पुरा गर्दैछौं ’ भन्ने अंश छ । यति धेरै कलाकार भएको ठाउँबाट आफूले बहराईनको राष्ट्रिय दिवसको थिम गीतमा गाउन पाउनु आफ्ना लागि गौरवको क्षण भएको श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी