
दमौलीः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनोटमा सहभागी हुन तनहुँको क्रिकेट टोली पोखरा पुगेको छ ।
अजित पन्थको प्रशिक्षण र राजु गुरुङको कप्तानीमा रहेको १८ सदस्यीय खेलाडी टोलीलाई क्रिकेट संघ तनहुँले बिदाई गरेको छ । टिममा चार अतिरिक्त खेलाडी छन् ।
अर्जुनकुमार श्रेष्ठको व्यवस्थापनमा रहने टिमले शनिबारबाट शुरु हुने प्रदेशस्तरीय छनौटमा शनिबार स्याङ्जा आईतबार नवलपूर र पुष ७ गते कास्की जिल्लाको सामना गर्नुपर्नेछ । संघका जिल्ला अध्यक्ष ताराराम श्रेष्ठले शुक्रबार जिल्लाको क्रिकेट टिमलाई सफलताको शुभकामनाका साथ बिदाई गरिएको जानकारी दिए ।