राज्यले गल्ति गरे सच्याउँछौंः सहायक प्रजिअ बराल

  • ख-
  • ख+

दमौली: मानवअधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको पुर्व वार्षिक समिक्षा दमौलीमा गरिएको छ । मानवअधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव संकलन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको इन्सेकले जनाएको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले राज्य नै मानवअधिकारको मुख्य संरक्षक भएको भन्दै मानवअधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए ।


प्रतिवेदनले जिल्लाको समग्र मानवअधिकारको अवस्था बुझ्न मद्दत पुग्ने भन्दै उनले राज्यको तर्फबाट पनि केही कमीकमजोरी भएमा त्यसलाई सच्याउनु पर्ने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कार्यालय सदस्य विष्णुभक्त सिग्देलले इन्सेकले उपलब्ध गराएको तथ्यांक सहितको प्रतिबेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने बताए ।


जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले नेपाल प्रहरीलाई मानवअधिकार उल्लंघनकर्ताको रुपमा आरोप लागेपनि मानवअधिकारको वास्तविक संरक्षक नै प्रहरी भएको दाबी गरे ।
जिल्ला स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंकरबाबु अधिकारीले कोभिडको बहानामा नागरिकको स्वास्थ्य उपचारको अधिकार हनन नगर्न प्रति सबै स्वास्थ्यकर्मीलाई सचेत गराईएको बताए ।

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारीले दमौली अस्पताल अहिलेसम्म १५ शैयाको भएको हुँदा त्यस भन्दा बढिको सेवा उपलब्ध गराउन समस्या पर्ने बताए ।
मानवअधिकार निगरानी समुहका संयोजक रामलिला सुवर्णकारको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघकी अध्यक्ष बसुन्धरा घर्ती, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष सोनी शर्मा लगायतले टिप्पणी गरेका थिए ।


इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले कार्यक्रममा सन २०२० को तनहँुको जिल्लाको मानवअधिकारको अवस्था तथा मानवअधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी