तनहुँका अपांगता भएकालाई कमाउने बनाउन नेत्रहिन संघको कार्यक्रम

  • ख-
  • ख+

दमौली: नेपाल नेत्रहिन संघले तनहुँका ६ तहका अपांगता भएका व्यक्तिहरुका लागि पुर्नस्थापनाको काम थाल्ने भएको छ । जिल्लाका व्याससहित शुक्लागण्डकी, भानु र भीमाद नगरपालिका तथा बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका अपांगता भएकाको तथ्यांक लिएर उनीहरुलाई आयआर्जन र पुनस्र्थापनाका लागि सघाउने गरी कार्यक्रम थालिएको दमौलीमा बिहिबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।


अहिले कार्यक्रम शुरु गर्नुपूर्व सबै तहमा तथ्यांक लिने काम भैरहेको नेपाल नेत्रहिन संघले जनाएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले काम गर्दा स्थानीय तहसँग समन्वय गरेर अघि बढे प्रभावकारिता बढी रहने बताए । उनले सहि तथ्यांक लिन तथा वास्तविक आवश्यकता परेकाको पहिचानका लागि यो जरुरी रहेको बताए ।


कार्यक्रममा बन्दीपुर गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ, आँबुखैरेनी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, भानु उप प्रमुख आशा थापालगायतले कार्यक्रमका लागि आफूहरु पनि सघाउन तयार भए पनि समन्वय भने नभएको गुनासो गरे ।
नेत्रहिन संघ तनहुँका अध्यक्ष कृष्ण अधिकारी तथा कार्यक्रमका गोरखा निर्देशक अमृत राईले अपांगता भएकाहरुको आवश्यकताका आधारमा सहयोग कार्यक्रम अघि बढ्ने बताए । उनीहरुले स्थानीय तहसँग समन्वय गर्दा छुटेका कुरामा सुधार गर्ने बताए ।

६ तहका ६० वडामा कार्यक्रम
कार्यक्रमअन्र्तगत तनहुँमा झण्डै ४३ लाख रुपैयाँ बजेटमा आयआर्जनका क्रियाकलापसहित अपांगता भएकालाई पुनस्र्थापनाका गतिविधि गरिने संघका जिल्ला अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए । हाल तथ्यांक लिने काम भैरहेको संघका अनितलाल गुरोले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी