दुर्घटना घटाउन भन्दै म्याग्देले दियो सुरक्षा सामग्री

  • ख-
  • ख+

म्याग्दे ः म्याग्दे गाउँपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई ट्राफिक चिन्ह हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले एक कार्यक्रम गरी झण्डै ५० थान विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले प्रहरी उपरीक्षक अरुण पौडेललाई ती सामग्री हस्तन्तरण गरे ।


गाउँपालिकाले दिएका सामग्रीमा सवारी कम गर्ने सूचक अंकित बोर्ड, सवारी रोक्न निषेध उल्लेखित बोर्डहरुका साथै सडकमा प्रयोग हुने ट्राफिक कोन पनि हस्तान्तरण गरेको छ ।


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी पनि कार्यक्रममा उपस्थित थिए । पृथ्वी राजमार्गमा दुर्घटना जोखिम कम गराउन यस्ता सामग्रीले सघाउने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी