गण्डकीमा विशेष अधिवेशन बोलाउन माग

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाउन १७ जना प्रदेश सभा सदस्यले माग गरेका छन् ।
नेपाली काङ्ग्रेस र जनता समाजवादी दलका १७ जना प्रदेश सभा सदस्यले प्रदेश प्रमुख अमिक शेरचन सँग भेटेर लिखित रूपमा विषेश अधिवेशनको माग गरेको प्रदेश सभा सदस्य सरिता गुरुङले जानकारी दिइन् ।


जनस्वास्थ्य र जनताको जीवनसँग सम्बन्धित अति संवेदनशील विषयमा छ्लफल तथा कोभिड(१९ सँग लक्षित प्रदेश सरकारको काम लगाएतका विषयमा गम्भीर छ्लफल गर्नु पर्ने भएकाले विषेश अधिवेशनको माग गरिएको अभियानको नेतृत्व गरेका सांसदहरुको भनाई छ ।


नेपालको संविधान २०७२ को धारा १८३ को ३ मा एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले बैठकको आव्हान गर्ने व्यवस्था छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्