म्याग्दे गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न,कसले के भने ?

  • ख-
  • ख+

विकास खनाल
जामुनेः
म्याग्दे गाउँपालिकाको आयोजना तथा स्पिड सोलुसन नेपाल प्रालिको सहजीकरणमा म्याग्देको जामुनेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको गाउँपालिका अध्यक्ष मायादेवी रानाले ब्यानर पढेर सुरुवात गरिन् ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रा पौडेलले विकासको काममा टोलको भुमिका महत्त्वपूर्ण हुने बताइन् । जिल्ला भित्र महिलाबाट चलेको गाउँपालिका म्याग्दे मात्रै भएको र यसले अन्य स्थानीय तहलाई विकासका काममा पछाडि पारेको आँफुले महसुस गरेको पौडेलले बताइन् ।


राम्रो कामको प्रशंसा भएनः राना
अध्यक्ष मायादेवी रानाले कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै कुन वडामा कस्तो
विकास निर्माणको आवश्यकता परेको छ, सोही प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने गरेको बताइन् । ‘गाउँपालिकाका सबै ७ वटा वडा समान हुन् सबैलाई समृद्ध बनाउने हाम्रो उद्देश्य छ,’ उनले भनिन् । सबैले आआफ्नो जिम्मेवारी अनुसार काम गरेमा जनताको गुनासो आउने क्रम ह्वात्तै घट्ने भन्दै राम्रा कामको प्रशंसा नभएकोमा उनले दुखेसो पोखिन् ।


विकास बजेटमा पूर्वाग्रह छैनः घिमिरे
म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सहभागीहरूले उठाएका प्रश्नको जवाफ दिँदै संघ र प्रदेश सरकारले विनियोजन गरेको बजेटलाई समेत हेरि समानुपातिक तवरले पुर्वाग्रह नराखी गाउँपालिकाले बजेट विनियोजन गर्ने गरेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले कर्मचारीहरूबाट हुने गरेको ढिलासुस्ती सम्बन्धमा आएका प्रश्नहरूको जवाफ दिँदै सेवाग्राही हरूको काम छिटोभन्दा छिटो सकेर पठाउन कर्मचारीलाई निर्देशन दिए । ‘सबै कागजात हरू पूरा गरेर ल्याउनुहोस् कार्यालयबाट ढिलासुस्ती हुँदैन,’ उनले भने ।


सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताले उठाएका गुनासाहरू लाई सकारात्मक रूपमा लिएर आँफुले गाउँ पालिकाको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रतिवद्धता जनाए ।
नेकपाका नेता श्रीप्रसाद श्रेष्ठले गापाबाट सम्पन्न योजनाका लागि धन्यवाद दिंदै अधुरा योजनाहरू पनि सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । विकास निर्माणको काममा सदैव गाउँपालिका लाई आफ्नो तर्फबाट सकारात्मक साथ रहने भन्दै उनले बजेट वितरणमा गाउँपालिकाले सुर्य चिन्हले जितेको वडामा विभेद गरेको देखिएकोले न्यायोचित तवरले वितरण गर्न ध्यानाकर्षण गराए ।


कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता शिवबहादुर रानाभाटले कसैको पनि गुनासो आउन नपाउने गरि गाउँपालिकाले समानुपातिक रूपमा बजेट विनियोजन गर्नुपर्ने बताए ।
गाउँपालिका प्रवक्ता एवं म्याग्दे १ का अध्यक्ष शिवशरण वाग्ले , म्याग्दे २ का अध्यक्ष चन्द्रबहादुर रानाभाट , वडा नं ३ का अध्यक्ष श्रीबहादुर थापा लगायतका वक्ताहरूले सेवाग्राहीले उठाएका जिज्ञासालाइ मेटाउने प्रयास गरेका थिए ।


कार्यक्रममा आआफ्नो साखाको प्रथम चौमासिक प्रगति बिवरण प्रस्तुत गर्दै
म्याग्दे १ का सचिव केशवराज पौडेल , वडा नं २ का सचिव मनिषा कँुवर , वडा नं ३ का सचिव मोहनराज खड्का सहित लेखा शाखा प्रमुख नवराज पोख्रेल , महिला शाखा प्रमुख सारदा गैह्रे, राजश्व शाखाका मणिभद्र वाग्ले, कृषि शाखा प्रमुख आरति ढुङ्गाना, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका एक कुमार श्रेष्ठ, पशु सेवा प्रमुख कृष्ण पौडेल, पुर्वाधार शाखाका शिव ज्ञवाली, प्रशासन साखाबाट इन्द्रप्रसाद खनाल , रोजगार संयोजक पविन्द्र शाही, जिन्सी शाखा प्रमुख प्रदीप न्यौपाने, योजना शाखा प्रमुख श्रीराम खनाल, स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले आफ्नो शाखाको बारेमा प्रकाश गराएका थिए ।


कार्यक्रममा राजश्व साखाका मणिभद्र वाग्लेले गापामा आ. व . ०७७ र ०७८ को प्रथम चौमासिक अन्तर्गत संकलन भएको राजश्व ६ लाख ७ हजार ७ सय ३२ रहेको जानकारी गराए । त्यस्तै योजना शाखाका श्रीराम खनालले हालसम्म १०३ वटा योजना सम्झौता भएको जानकारी गराए ।
सुनुवाइ कार्यक्रममा उपस्थित सर्वसाधारणहरूले सडक, सिंचाइ, खानेपानी, कृषि तथा विद्युतका शीर्षक सम्बन्धमा प्रश्न उठाएका थिए ।


कार्यक्रममा राजश्व शाखाका मणिभद्र वाग्लेले आर्थिक वर्ष ०७७ र ०७८ को प्रथम चौमासिक अन्तर्गत संकलन भएको राजश्व ६ लाख ७ हजार ७ सय ३२ रहेको जानकारी गराए । त्यस्तै योजना शाखाका श्रीराम खनालले हालसम्म १०३ वटा योजना सम्झौता भएको जानकारी गराए । सर्वसाधारणहरूले सडक, सिंचाइ, खानेपानी, कृषि तथा विद्युततर्फका शीर्षकमा प्रश्न उठाएका थिए ।


‘प्राविधिकको ढिलासुस्तीले समस्या भयो’
कार्यक्रममा सहभागी देवेन्द्र थापाले कृषिको अनुदान लुकाएर समयमा कृषक लाई जानकारी नदिएकोले नपाएको गुनासो गरेका थिए भने नवराज घिमिरेले उपभोक्ता समिति गठन गरेको २ र ३ महिना हुँदा पनि प्राविधिकको ढिलासुस्तीले होकि गाउँपालिकाको ढिलाइले अहिलेसम्म काम अगाडि नबढेको दुखेसो पोखे ।


यस्तै सोममाया श्रेष्ठले प्रेसर जाँच्न आउँदा पनि जाँच गर्न नपाएको गुनासो गर्दै स्वास्थ्य चौकी आउँदा पनि बाहिरै राखेर नजँचाइकन औषधी दिँदा कस्तो औषधी पाइने हो भनेर प्रश्न गरिन् ।
अर्का सहभागी प्रेमबहादुर थापाले बाख्रेको बाटोमा परेको बजेट भन्दा कममा काम गरिएको तर बाँकी रकम कता गयो भनी प्रश्न गरे । पदमलाल श्रेष्ठले वडाबाट बीउबिजन कति चाहिन्छ भनेर सोध्ने तर सिजनमा बिउबिजन भने नपाइएको गुनासो गरे ।
यस्तै शिक्षक विश्वराज पण्डितले शिक्षाको क्षेत्रमा गाउँपालिकाले बजेट थप्नुपर्ने बारेमा सुझाए ।

सेवाबारे नागरिकबीच गोप्य मतसंग्रह
सार्वजनिक सुनुवाइ कार्यक्रमको सन्चालन कुमार कञ्चन जिसिले गरेको र सो अवसरमा सहभागी ४५ जनासँग गोप्य मतसर्वेक्षण गरि गाउँ पालिकाको काम र सेवा प्रवाह कस्तो छ ? भनी सोधिएकोमा ५ जनाले अति राम्रो , १४ जनाले राम्रो र बाँकी २६ जनाले ठिकैमा मत दिएको स्पिड सोलुसन प्रालिका अध्यक्ष प्रेमबहादुर राउतले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी