डीपीएल ल्याबको पहिलो दिनमै २ सयलाई सेवा

  • ख-
  • ख+

दमौलीः दमौलीमा सेवा आरम्भ गरेको पहिलो दिनमै दमौली प्याथ ल्याब प्रालि डिपिएलबाट दुई सय बढीले सेवा लिएका छन् । व्यास २ गणेशमान चोकमा रहेको ल्याबले सोमबारबाट सेवा थालेको हो । ‘पहिलो दिन सेवाग्राहीको उत्साहजनक सहभागीता रह्यो,’ ल्याबका प्रबन्ध निर्देशक अभिनय पन्थले भने ।


‘दमौलीमै अत्याधुनिक ल्याब सेवा’
ल्याबले पछिल्लो आधुनिक प्रविधिको परीक्षण मेशिन इक्लियाबाट परीक्षण सेवा दिने बताएको छ । ‘अहिलेसम्मकै आधुनिक प्रविधिबाट दमौलीमा ल्याब सेवा थालेका छौं,’ उनले भने,‘यसले छिटो नतिजा दिने र सबै ठाउँमा एउटै खालको नतिजा देखाउँछ ।’ १८ मिनेटमै नतिजा आउने ल्याबको दाबी छ ।


डीपीएलले पुष १० सम्म मधुमेह र खराब बोसोको निःशुल्क तथा अन्य रक्त परीक्षण सेवामा ५० प्रतिशत छुट घोषणा गरेको छ ।


ल्याबमा मधुमेह सुगरका अलावा थाईराईड, मृगौला, कलेजो, सुगर, युरिक एसिड,मधुमेह फोक्सो, हाडजोर्नी, नशा तथा बाथ रोग, विभिन्न भिटामिन सम्बन्धी तथा क्यान्सरको समेत रक्त परीक्षण गरिने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी