चण्डीदेवीमा युवा रेडक्रस सर्कल पुनर्गठन

  • ख-
  • ख+

दमौलीः चण्डीदेवी राष्ट्रिय मावि व्यास १० मा युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । गठित सर्कलको अध्यक्षमा रबिना पुरी, उपाध्यक्षमा संगम पौडेल तथा सचिवमा सदिक्षा राना सर्वसम्मत चयन भएका छन् ।
यसैगरी, कोषाध्यक्षमा आरती दरै, सह सचिवमा अनिल सापकोटा चयन भएका छन् । यसैगरी, सदस्यहरुमा सुजाता ढकाल, कुशल विक, गंगा परियार, स्नेहा परियार, अनिशा राई र सविना विक सर्वसम्मत चयन भएको शिक्षक नायक यमप्रसाद सापकोटाले जानकारी दिए ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवं सर्कलका संरक्षक रामचन्द्र पोख्रेलले नवगठित टिमलाई बधाई दिए । नेपाल रेडक्रस सोसाइटी तनहुँका जुनियर युवा सदस्य रामदत्त पौडेलले रेडक्रस अनुशासनबारे जानकारी दिएका थिए ।

कार्यक्रममा शिक्षक नायक यमप्रसाद सापकोटा तथा सह नायक प्रतिक्षा पौडेलले सहजीकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी