दिन सकिएकाले ओली सरकार आक्रमणमा उत्रियोः रिजाल (भिडियोसहित )

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले ओली सरकारको दिन सकिएकाले आफ्ना नेता कार्यकर्ताविरुद्ध आक्रमणमा उत्रिएको बताएका छन् । तनहुँको दमौलीमा पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले आफूहरु पाँच वर्षका लागि नेकपालाई मान्न तयार भए पनि जनताले दिएको मतको अपमान गर्न भने नसक्ने बताए ।

‘जनताले पाँच वर्षका लागि काम गर्न पठाएको हो, रामचन्द्र पौडेललाई आक्रमण गर्न होइन,’ उनले भने,‘लोकतन्त्रको सिद्धान्तमा अपमान गर्न मत दिएको हैन । संविधानको अपमान गरेको हामी सहन तयार छैनौं ।’


उनले शितलनिवास बसेर पार्टीको गुट चलाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीप्रति कटाक्ष गरे । ‘कम्युनिष्टको नेता बन्ने रहर छ भने शितलनिवास त्यागेर आउनु्स्,’ उनले भने,‘नेकपा कार्यालय हैन राष्ट्रपति निवास । त्यहाँ बसेर गुटबन्दी गर्न पाइँदैन ।’


आफ्नै पार्टीको झगडामा परेकाले बहुमत हुँदा हुँदै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक बोलाउन डराएर लुकेको बताए । ‘दुई तिहाईभित्र प्रचण्ड पर्छन् कि पर्दैनन्,’ उनले प्रश्न गरे,‘होइन भने बहुमत भएको दलका प्रधानमन्त्री संसद बैठक डाक्न डराएर किन बालुवाटार लुकेको ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्