दमौली: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँमा कांग्रेसको जरा न उखलिएको बरु झनै मौलाउँदै गएको बताएका छन् ।
दमौलीमा कांग्रेसले गरेको सरकारविरुद्ध को सभालाई सम्बोधन गर्दै उनले चुनावमा हारेर बुढो रुख ढलेको नठान्न भन्दै बुल्दी पुल प्रकरणले झनै काँग्रेस जागेको बताए ।
उनले कांग्रेसका पालामा धेरै विकास भएको भन्दै नेकपा ले धेरै विकास गरेको भन्दै गरेको दावी तथ्यांकले मिथ्था भएको जिकिर गरे ।उनले सैयौं विकास योजना आफ्ना पालामा आएको तर नेकपा विजयी भए यता कुनै केन्द्रीय विकास योजना नपरेको दाबी गरे ।


















