
दमौलीः विभिन्न अपराध तथा मुद्दाहरुमा फरार तथा अदालतबाट सजाय सुनाए पनि नभोगी फरार नौजनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बहुविवाह, सवारी ज्यान, कुटपिट तथा सम्बन्ध बिच्छेद मुद्दामा फरार व्यक्ति रहेको तनहुँ प्रहरीले जनाएको छ ।
उनीहरुबाट १२ हजार एक सय ७५ रुपैयाँ जरिवाना र एक वर्ष ५ महिना ९ दिन कैद भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएकामा अदालतको आदेशले उनीहरु कारागार चलान भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।