अव्यवस्थित जग्गा समस्या समाधानका लागि तनहुँका तहले गरे सम्झौता

  • ख-
  • ख+

दमौलीः तनहुँमा अब अव्यवस्थित बसोबासको समस्या समाधान प्रक्रिया अघि बढेको छ । जिल्लाका तहहरुले अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि आयोगसँग सम्झौता गरेसँगै प्रक्रिया अघि बढेको हो ।


पोखरामा शनिबार आयोजित कार्यक्रममा व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकासहित तनहुँका सबै तहले सम्झौता गरेका हुन् ।
भूमि समस्या समाधान आयोगले पोखरामा गण्डकी प्रदेशका तहसँग सम्झौता कार्यक्रम गरेको थियो ।


आयोगका सदस्य एकबहादुर रानासमेत उपस्थित कार्यक्रममा व्यासका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपानेको उपस्थितीमा प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल, बन्दीपुरका अध्यक्ष थापाको उपस्थितीमा प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदी, शुक्लागण्डकीका प्रमुख किसान गुरुङको उपस्थितीमा प्रमुख प्रशासकिय अधिकृतलगायतले सम्झौता गरेका थिए ।


अधिकांश तहले सम्झौता गरेको आयोगले जनाएको छ । अब जग्गा भोगचलन गरेर पनि लालपूर्जा नभएकाको समस्या समाधानका लागि सम्झौताले काम अघि बढाउन बाटो खुला गरेको छ ।

अब तत्कालै भूमी व्यवस्थापनका लागि कर्मचारी खटाएर काम गर्ने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए। कार्यक्रममा आयाेगका सदस्य एकबहादुर रानाले व्यास क्षेत्रमा रहेका त्यस्ता समस्या हरू सबै मिली सामधान गर्नुपर्ने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्