सालको पात बेचेर बाँचेकी नन्दकुमारीलाई कोरियाबाट सहयोग

  • ख-
  • ख+

दमौलीः सालको पात बेचेर जीविकोपार्जन गर्दै आएकी ऋषिङ १ झापुटार बस्दै आएकी नन्दकुमारी दुवाडीलाई कोरिया बस्दै आएका सञ्चारकर्मी तुल थापाले १० हजार रुपैयाँ सहयोग पठाएका छन् ।

उनको कमजोर आर्थिक अवस्थाबारे थाहा पाएकाले आफूले सहयोग पठाएको थापाले बताए ।


थापाले यस अघि आर्थिक अभावमा ओडारमा बस्न बाध्य शारिरिक अपांगता भएका गणेश गुरुङको परिवारलाई लत्ता कपडा पठाएका छन् । सञ्चारकर्मी सुमन श्रेष्ठले दुवै सहयोग हस्तान्तरण गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्