पत्रकार विमला भण्डारीलाई मित्रमिलन पत्रकारिता पुरस्कार

  • ख-
  • ख+

पोखराः मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं वार्षिक साधारण सभाको अवसरमा मित्र मिलन पत्रकारिता पुरस्कारबाट पत्रकार बिमला भण्डारीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा अहम भूमिका खेलेको भन्दै पत्रकार भण्डारीलाई नगद २५ हजार, दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो ।


पत्रकार भण्डारी नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष, सञ्चारिका समुहको केन्द्रिय सदस्य, रेडियो जननीको संस्थापक स्टेशन म्यानेजर, न्यूनतम पारिश्रमिक निर्धारण समितीको पूर्व सदस्य हुन् । पुरस्कार ग्रहण गरिसकेपछी भण्डारीले पुरस्कारले थप पत्रकारिता क्षेत्रमा लाग्न उर्जा थपिएको बताइन् ।


१९ बर्षे पत्रकारिताको यात्रामा कहिल्यै पनि पुरस्कारको लागि काम नगरेको बताउने पत्रकार भण्डारीले बेलामौकामा समाजका अन्य क्षेत्रले पत्रकारिताको मूल्याङ्कन गरेर सम्मान गर्दा खुसी लाग्ने बताइन् ।


कार्यक्रममा संस्थाले सामाजिक व्याक्तित्व सम्मानबाट उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोईरालालाई सम्मान गरेको छ । असल समाज निर्माणमा उदाहरणिय काम गरेको भन्दै कोईरालालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । सोही अवसरमा संस्थाले उत्कृष्ट कर्मचारी कुलदिप पौडेललाई पनि दोसल्ला र सम्मानपत्रले सम्मान गरेको थियो ।


संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाईटी कास्कीले बनाउन लागेको अत्याधुनिक रक्तसंचार केन्द्रका लागि १ लाख ११ हजार १ सय ११ नगद सहयोग गरेको छ । शनिबारकै कार्यक्रममा संस्थाका अध्यक्ष रमण पौडेलले नेपाल रेडक्रम सोसाईटी कास्कीका उप सभापती डण्डराज पौडेललाई नगद चेक हस्तान्तरण गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्