
दमौलीः तनहुँ प्रशासनले बालाचर्तुदर्शीको शतबिज छर्ने क्रममा देवघाटलगायत नदी किनारमा नजान आग्रह गरेको छ ।
एक विज्ञप्ति निकाल्दै प्रशासनले शतबिज छर्ने तथा पूजाआजाका क्रममा भीडभाड हुनसक्ने र कोभिड संक्रमणको जोखिम बढेको भन्दै सनातन देखि चल्दै आएको कार्य घरमै गर्न आग्रह गरेको छ ।
देवघाटधाममा यस पर्वमा अघिल्लो दिन शनिबारबाट नै मेला लाग्दछ । त्यसक्रममा दमौलीको मादीलगायतका नदीमा पनि शतबिज छर्ने गरिन्छ । प्रशासनले सूचनाको अटेर गर्नेविरुद्ध संक्रामक रोग निवारण ऐन २०२० अन्र्तगत कारबाही गर्ने पनि चेतावनी दिएको छ ।