ऋषिङ चवादीमा जीप ब्रेक फेल हुँदा २ घाइते

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिका(६ चबादीमा जीप ब्रेक फेल हुँदा दुई जना स्थानीय घाइते भएका छन् । चबादीबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज ७६३४ नम्बरको बोलेरो पिकअप उकालो चढ्ने क्रममा ब्रेक फेल भई पछि हट्दा सवार यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परी घाइते हुनेमा ऋषिङ गाउँपालिका ६ चबादी निवासी ५० वर्षका तुलसी रानाभाट तथा ऋषिङ सिरकोट ४ निवासी ५० वर्षका मानबहादुर माकिम मगर छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी