महिला सशक्तिकरण सञ्चार समाज तनहुँ सम्मानित

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाले महिला सञ्चारकर्मी आबद्ध जिल्ला स्तरीय संयन्त्र महिला सशक्तीकरण सञ्चार समाज तनहुँलाई सम्मान गरेकाे छ। १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान समापन कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले संस्थाका गतिविधिले न्याय सम्पादनमा घच्घचाएर सञ्चार क्षेत्र छ है तनहुँमा भन्ने महसुस गरेकाे बताए।

समापनका अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले १६दिने अभियानमा संस्थाका कारण राष्ट्रिय रूपमा नै व्यास क्षेत्रकाे अभियान प्रभावकारी बनेको बताए ।

नगरपालिकाकाे सहयोगमा अभियान अन्तरगत डिसेम्बर ७ का दिन महिला सञ्चारकर्मीकाे जिल्ला स्तरीय फाेरम समाजले लैंगिक हिंसाविरुद्ध काम गरिरहेका सराेकावालासँग” विशेष बहस” कार्यक्रम गरेकाे थियाे।

प्रभावकारी कार्यक्रम गर्दै नगरपालिका तथा समग्र न्यायिक पाटाेमा समेत सघाएकाे भन्दै नगरपालिकाले समाजलाई सम्मानपत्र दिएकाे हाे। समाजकी अध्यक्ष प्रकृति खनाल न्यौपानेलाई प्रमुख अतिथि समन्वय प्रमुख वाग्लेले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी