
गल्ती गर्नेलाई सादा पोशाकका प्रहरीले समात्ने
दमौलीः तनहुँ प्रहरीले यौनजन्य दुर्व्यवहारविरूद्ध विशेष अभियानको शुरुवात गरेको छ । यसअन्र्तगत सादा पोशाकका प्रहरीले महिलामाथि सार्वजनिक स्थलमा यौनजन्य दुव्र्यवहार भए नभएको निगरानी गर्दै भएका खण्डमा दोषीलाई नियन्त्रणमा लिएर कारबाही गर्नेछ ।
बिहिवार जिल्ला प्रहरी कार्यलय तनहुँमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेलले पानसमा बत्ती बालेर अभियानको शुरुवात गरिन् ।
उनले सार्वजनिक स्थलमा हुने यौनजन्य दुव्यवहारलाई न्युनीकरण गर्न नेपाल प्रहरीले चालेको कदमको स्वागत गर्दै समन्वय समितिले जिल्ल भरका सार्वजनिक स्थानमा भए गरेका दुव्यर्वहारको अन्त्यका लागि पहल गर्ने प्रतिवद्वता व्यक्त गरिन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख एसपी अरूण पौडेलले यस अभियानलाई कडाइका साथ लागू गरिने बताए । नेपालभर यो कार्यक्रमको सुभारम्भ गरिएको जानकारी दिए ।
यद्यपि काठमाडौंमा भने तीन वर्ष अगाडि नै अभियान शुरु भएको थियो ।
सार्वजनिक सवारीसाधन , होटल हरूमा बढि मात्रामा यौनजन्य गतिविधि पाइएकोले सम्बन्धित व्यक्ति हरूले बिचार गर्नुपर्ने उनको भनाइ थियो । ‘आजबाट सिभिल ड्रेसमा प्रहरी परिचालन गरी निगरानी राख्छौं,’ पौडेलले भने ।
प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले अब सादा पोशाकमा सार्वजनिक स्थान, यातायातका साधन, होटल, व्यवसाय तथा जोखिमपूर्ण स्थानमा आजबाटै सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए ।
कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई , क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष विकास खनाल, व्यासभूमि यातायातका अध्यक्ष राजकुमार श्रेष्ठ राकु, महिला सशक्तिकरण तनहुँ अध्यक्ष प्रकृति खनाल न्यौपाने, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष सुर्यप्रसाद पौडेल लगायतले प्रभावकारी कार्यान्वयनका लागि आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रहरी निरिक्षक सविता केसीले अवधारणबारे जानकारी दिएकी थिइन् ।