
दमौली: दमौली अस्पतालमा थाईराइड जाँच गर्ने उपकरण भित्रिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीका अनुसार अस्पतालमा करिब १० लाख पर्ने सिएलआईए मेशिन भित्रिएको हो ।
प्रदेश सरकारमार्फत अनुदानमा उपकरण प्राप्त भएको अध्यक्ष अधिकारीले जानकारी दिए । अब मेशिनको उपयोग गरेर अस्पतालमै थाइराइड परीक्षणको सुविधा मिल्नेछ । यस अघि दमौलीमा यस्तो सेवा कतै नभएकाले अस्पताल यो सेवा दिने पहिलो हुने उनले बताए ।

‘अहिलेसम्म यहीं थाईराईड परीक्षणको सुविधा थिएन,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले भने,‘अब दमौली अस्पताल यस्तो परीक्षण सुविधा दिने पहिलो अस्पताल हुनेछ ।’
मेशिन जडानलगत्तै केही दिनमा सेवा दिइने अस्पताल व्यवस्थापनले जनाएको छ ।