राम्रो काम नगरेकाले ओलीको पार्टीभित्रै विरोधः भण्डारी

  • ख-
  • ख+

दमौली ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले सरकारबाट जनमतको अपमान भएको बताएका छन् ।

भिमाद नगरपालिका वडा नं २ स्थित अरुणोदयमा मंगलबार आयोजित कार्यक्रममा उनले भने,‘केपी ओली नेतृत्वको सरकारले पार्टी भित्रै बाट विरोधको सामना गर्नु परेको छ ।’ अहिले भ्रष्टाचार पनि बढेको उनले आरोप लगाए ।


वडा सभापति रेशबहादुर रानाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, संविधान सभा सदस्य झुलबहादुर आले , महाधिवेशन प्रतिनिधी चुडामणि खनाल,इन्दिरा खनाल र मिलन आले लगायतले बोलेका थिए । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी ११ जना नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी