आँबुखैरेनीका विद्युत प्राधिकरण प्रमुख घुससहित पक्राउ

  • ख-
  • ख+

आँबुखैरेनीः नेपाल विद्युत प्राधिकरण आँबुखैरेनीका प्रमुख कृष्णबहादुर आले पाँच हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको एक टोलीले उनलाई अघि साँझ कार्यालयबाट रंगेहात पक्रेको हो ।


एक स्टिङ अपरेशनका क्रममा अख्तियारको टोलीले पक्रेको प्रहरी श्रोतले बताएको छ । उनीमाथि रकम मागेको भन्दै सेवाग्राहीले उजुरी दिए पछि अख्तियारको टोलीले स्टिङ अपरेशन गरेर पक्रेको बुझिएको छ । टोलीले उनलाई पक्रेर पोखरा लैजाने तयारी गरेको छ ।अख्तियार क्षेत्रीय प्रवक्ता मेघनाथ रिजालले कार्यालय प्रमुखलाई कार्यालयबाटै रकमसहित पक्रेको दमौली न्य्ुजलाई पुष्टि गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी