
पोखरा: प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचक्रयाँइ गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराका ८ प्याराग्लाइडिङ पाइलटको उडाउनमा रोक लगाएको छ ।
यात्रुलाई उडाउने क्रममा ती पाइलटले सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गराएको भन्दै क्यानले ६ जना पाइलटलाई अनिश्चितकालका लागि उडानमा रोक लगाएको हो ।
प्याराग्लाइडिङ व्यवसायीको छाता संस्थाका अध्यक्ष कृष्ण भण्डारीले ८ पाइलटलाई उठान रोकेर क्यानमा हाजिर हुन आउन पत्र पठाएको बताए ।
यूकेश गुरुङ, सहिल खान, संग्राम थापा, बिशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवर क्यानमा बोलाएको उनले बताए । उनले उनीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै छानबिन गरेर निर्णय बताए । ती पाइलटले यात्रुसहित उडानको क्रममा उडान सुरक्षामा हेलचेक्र्याँइ गर्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गतिविधि गरेका बताएको छ ।
केही दिने पहिले फुल पिप्ने क्रममा एक जना पाइलटको दुर्घटनामा परेर मृत्यु भएको थियो ।