श्वेता खड्का भन्छिन्,‘खुशीको अध्याय सुरु गर्दैछु ।’

  • ख-
  • ख+

श्वेता खड्का

जीवनका विभिन्न आरोह–अवरोह, उकाली ओराली, सुख दुःख अनि हाँसो रोदनका पलहरुलाई आत्मसात गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पीर, व्यथा, दुःख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुश्चक्रले ममाथि गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेका पीडाहरु केवल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो, जसमा तिखा काँडा, ठुलाठुला पत्थर अनि आगोका ज्वालाहरु छरपष्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथि छरपष्ट ती काँडाहरुलाई पन्छाउनु पर्नेछ, पत्थरहरुलाई फुटाउनु पर्नेछ अनि आगोका ज्वालाहरुलाई नाघ्नु पर्नेछ । ‘के म यसो गर्न सकुँला र ?’ आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें कि,‘हुति हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ ।’ अतः मैले मृत्‍युलाई रोजिनँ, जीवन लाइनै रोजें । अनि जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ ।

’एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखी एक्लै हिंडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । ‘अब उठ्नै सक्दिन कि’ भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहाराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिब हप्ता दिनका लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरिरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ ।


मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ । तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथी संगतिहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पीडालाई महसुस गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरुमा आँफै सम्हालिएँ अनि अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखी एक्लै हिंडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । ‘अब उठ्नै सक्दिन कि’ भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहाराको आशा हुँदो रहेछ ।


‘एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नका लागि नसुझाएका पनि होइनन् । तर एक पटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चकनाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ?


विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपट व्यक्ती पनि पाइयो रे , अनि के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?’ म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई सहर्ष स्विकार गरी मसंगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु । म जीवनको दुःखद् अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु ।

त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई सहर्ष स्विकार गरी मसंगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु । म जीवनको दुःखद् अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु ।

तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि साथी संगतीहरु, अग्रज र दिग्गज व्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौसला, साहस र प्रोत्साहनले आज म यो निर्णय लिन सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ, ‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला ?’

मलाई थाहा छ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुई चार जना व्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ ।

श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ ।

तर मप्रति सहानुभुति राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी सधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सभेच्छाले म प्रति रिस र ईष्र्याको सोच राख्ने दुई चार जनाले स्वतः हार खानेछन् ।

अतः कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य व्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सीमित व्यक्तिहरुलाई साक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु ।

(नायिका खड्काले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको स्ट्याटस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी