गुणादीमा चोरीको त्रास बढ्यो, गस्ती बढाउन स्थानीयको माग

  • ख-
  • ख+

विकास खनाल
गुणादी:
म्याग्दे १ गुणादी क्षेत्रमा चोरीका घटना दिनहुँजसो हुन थाले पछि स्थानीयले असुरक्षित महसुस गरेका छन् ।

हालै मात्र स्थानीय कृष्णराज खनालको पसलमा चोरी भएको छ । रातको समयमा पसल बन्द गरि नजिकै रहेको घरमा सुत्न गएको मौका छोपी चोरहरूले करिब १८ हजार मुल्य बराबरको सामान चोरी गरेको खनालले बताए ।


चोरहरूले बोतलको बियर, क्यान बियर, चुरोट, चिप्ससहितका सामानहरू ढोका फुटालेर चोरेको र आँफु बिहान आउँदा सामान हरू यत्रतत्र तथा ढोका खुलेको अवस्थामा देखेपछि मात्रै थाहा पाएको उनले बताए । ‘केही दिनयता गुणादी र आसपासमा चोरी, होहल्ला र झैझगडाको क्रम बढिरहेको भन्दै गुणादीमा होटल व्यवसाय गर्ने सुजन अधिकारीले प्रहरीले रातको समयमा सुरक्षा गस्ती दिनुपर्ने माग गरे ।


थर्पु प्रहरी चौकीका ईन्चार्ज कृष्ण बानियाँले सवारी गस्ती गुणादी आसपास बढाउने बताए । गुणादीमा गत साता मात्रै पनि दमौलीबाट पोखरा जाँदै गरेको मिनिबसमा गएका तीन चार जनाको युवा समुहले बसका कन्डक्टरले भाडा उठाइ हातमा लिएको पैसा खोसेर गुणादीमा झरी भागेकोे स्थानीयले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी