ओढारमा बस्दै आएका गणेशलाई लियोको न्यानो कपडा

  • ख-
  • ख+

दमौली:आर्थिक अभावका कारण व्यास ३ को ओढारमा बसेका गणेश गुरुङलाई दमौलीका लियो क्लबहरुले न्यानो कपडा सहयोग गरेका छन् ।

हाल उनी भाडामा बस्दै आएको शान्तिनगरस्थित निवासमा पुगेर लियो क्लब अफ तनहुँ, लियो क्लब अफ सत्यवती र लियो क्लब अफ निर्मल अल्फाका सदस्यहरूले उनलाई चिसोबाट जोगाउन सहयोग गरेको लियो क्लब अफ तनहुँका द्वितीय उपाध्यक्ष मोहम्मद गफारले बताए ।

कमजोर अवस्थाका कारण यस अघि ओढारमा बसेका उनको आर्थिक अवस्था कमजोर भएको र अपाङ्गताको पनि समस्या देखे पछि सहयोग गरेको लियो क्लब अफ तनहुँका अध्यक्ष प्रवेश मिश्रले जानकारी दिए ।
अन्तराष्ट्रिय लियो दिवसका अवसरमा सहयोग गरेको क्लबहरुले जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी