२ समन्वय सदस्य अस्पताल भर्ना

  • ख-
  • ख+

दमौली: जिल्ला समन्वय समितिका दुई सदस्य अस्पताल भर्ना भएका छन् । समितिका महिला सदस्यहरु दिव्यश्वरी विक र सरस्वती गौतम दुवै अस्पतालमा भर्ना भएको प्रवक्ता गल गुरुङले जानकारी दिए ।

उनका अनुसार सदस्य विक आफ्नै घरको शौचालयमा लडेर खुट्टा फ्याक्चर भए पछि मेट्रो सीटी हस्पिटल पोखरामा उपचाररत छन् ।यसैगरी अर्की सदस्य सरस्वती गौतम स्वास्थमा समस्या आए पछि काठमाडौस्थित ओम् हस्पिटलमा भर्ना भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्