केन्द्रीय सदस्य देवकुमारलाई सम्मान गर्दै पोख्रेलले भने,‘राजनीतिमा तपाईको सक्रिय सहभागिता आवश्यक छ’

  • ख-
  • ख+

दमौली: रोटरी क्लब अफ दमौलीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य देवकुमार श्रेष्ठलाई सम्मान गरेका छ । महासंघको ५४औँ साधारणसभा तथा अधिवेशनबाट निर्वाचित क्लबका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठलाई एक कार्यक्रम गरी क्लबले बिहिबार सम्मान गरेको हो ।


सम्मान पछि श्रेष्ठले थप उत्तरदायित्व थपिएको महसुस गरेको बताए । रोटरी, जेसिज जस्ता सामाजिक संघसंस्थाले आफ्नो व्यक्तित्व विकास र सामाजिक पहिचान स्थापित गर्न ठुलो भुमिका खेलेको श्रेष्ठको भनाई थियो । ‘सफल व्यवसायी बन्न स्पष्ट कार्यशैली र इमान्दारिता चाहिन्छ,’ उनले भने,‘मेरो जित पनि यसैकारण भएको हो ।’


कार्यक्रममा रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष एवं संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले श्रेष्ठको जीतले समग्र तनहुँबासीलाई नै गौरवको अनुभूति दिलाएको बताए । श्रेष्ठ सफल व्यवसायीका साथै उत्कृष्ट करदाता समेत भएको चर्चा गर्दै पोख्रेलले उनको कार्यशैलीबाट धेरै प्रेरणा मिलेको बताए । ‘देशमा पछिल्लो समय फरक पृष्ठभूमिको समेत प्रतिनिधित्व हुने गरेको छ,’ पोख्रेलले भने,‘व्यवसायीहरुको तर्फबाट राजनीतिमा श्रेष्ठको सक्रिय सहभागीताको आवश्यकता छ ।’

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष दामोदर भण्डारी, निवर्तमान अध्यक्ष सुर्जाकुमार मल्ल, ईमकुमार मल्ल, महेन्द्र न्यौपाने, हरिाराम श्रेष्ठ, राजीनलाल श्रेष्ठ, रोटरीका सचिव सागर आचार्य, उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, इलेक्ट नोमेनी रामलाल श्रेष्ठ, रोटरीयन बिना कैनी, रोट¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले श्रेष्ठको जीतले रोटरीको पहिचान र गरिमालाई थप उच्च बनाएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्