ऋषिङको विकासले अरुलाई पनि घच्घच्याएको छः समन्वय प्रमुख वाग्ले

  • ख-
  • ख+

ऋषिङ ६ को वडा कार्यालय उद्घाटन
ऋषिङः ऋषिङ गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय उद्घाटन भएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले एक कार्यक्रमका बिच कार्यालयको उद्घाटन गरे ।
कार्यक्रममा प्रमुख अतिथि शान्तिरमण वाग्लेले विकास निर्माणमा ऋषिङ्गले मारेको फड्कोले तनहुँलाई एउटा उदाहरण दिईरहेको भन्दै अन्य स्थानीय तहलाई पनि घच्घच्याईरहेको रहेको बताए ।

उनले ऋषिङ्ग गाउँपालिकाले विकास निर्माण तथा जनताको स्वास्थ्य शिक्षामा समेत सम्बोधन गरिरहेकोमा खुशी व्यक्त गर्दै गाउँपालिकाको कृयाकलापप्रति धन्यबाद व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकाको नेतृत्व लिनको लागि जनतासामु गरेका प्रतिबद्धता अनुरुप सहज रुपमा सेवा र सुबिधा पु¥याउन कार्यालय स्थापना गरिएको बताए ।


उनले नागरिकको अधिकार प्रती गाउँपालिका गम्भीर रहेको बताए । उनले गाउँपालिकाका आधारभुत समस्या समाधान अन्तिम चरणमा रहेको र गाउँपालिकाका सडक, खानेपानी तथा अन्य पुर्वाधार निर्माणको लागि निरन्तर लागिरहेको भन्दै जनप्रतिनिधिहरुको कर्तव्य निर्वाह गरिरहेको उल्लेख गरे । उनले कुनै राजनीतिमा लागेका व्यक्तिहरु निजी स्वार्थ तथा पार्टीगत हित र कार्यकर्ताका लाभमा मात्र लागेको उनले आरोप लगाए ।


कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य निलबहादुर थापा, गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेल, नेकपाका स्थानीय नेता छविलाल आले, कांग्रेसका दानबहादुर आले,वडाध्यक्षहरु लगायतले मन्तव्य राखेका थिए । जिल्ला समन्वय समितिको २५ लाख रुपैयाँ र जनश्रम सहित २८ लाख ६ हजार रुपैयाँमा सम्पन्न भवन निर्माणका लागि वडा नं ६ डुकुडाँडा स्थित लेफ्टिनेन्ट परिवारबाट ५ आना जग्गा निःशुल्क उपलब्ध गराईएको थियो । कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति थियो ।


वडाध्यक्ष भक्तबहादुर आलेको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नं ६ का सदस्य माधव थापा, गाउँपालिकाका कर्मचारी दानबहादुर श्रेष्ठले संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी