दमौली: तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले नियम र पद्धति नमानेका कारण बुल्दी पुल उद्घाटनमा अवरोध गरेको बताएका छन् । ‘ उद्घाटनमा रहर भए रामचन्द्र पौडेल मात्र हैन जोकोहीको हातबाट रिबन काटेर गराउँथ्यो,’ उनले भने,’ तर सरकारको नियम र पद्धति नमानेकाले विरोध गरेका हौँ ।
दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भारी मतले जनताले जिताएको भन्दै आफूलाई बाइपास गरेकाले अवरोध भएको बताए ।

नेता पौडेलको संविधान बनाउन र लोकतन्त्र ल्याउन खेलेको भूमिकाको सम्मान गरे पनि निर्वाचित प्रतिनिधि भएकाले आफ्नो भूमिकालाई बाइपास गरेर अधिकार नमिच्न आग्रह गरे ।
सांसदहरु कलिला खान, भगवती न्यौपाने, प्रदेश सभासद् रामबहादुर गुरुङ पनि सहभागी कार्यक्रममा क्षेत्र नंबर २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले लामो समय कांग्रेसले तीनवटा क्षेत्र जित्दा सहे पनि अब आफूहरु निर्वाचित भएकाले आफूहरुको भूमिका रहने बताए ।











