वडाध्यक्ष न्यौपानेलाई मातृशोक

  • ख-
  • ख+

दमौलीः व्यास ७ का वडाध्यक्ष शतिसचन्द्र न्यौपानेलाई मातृशोक परेको छ । उनकी आमा हरिकुमारी न्यौपानेको बिहिबार ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।


केही समययता अस्वस्थ देखिएकी न्यौपानेको बिहिबार दिउँसो ज्यान गएको बताइएको छ ।
स्वर्गीय न्यौपानेको पार्थिव शरिरमा कांग्रेसको झण्डा ओढाइएको थियो । पार्टी सभापति एवं व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले पार्टीको झण्डा ओढाउँदै स्वर्गीय न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।


व्यास नगर सभापति एवं जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, पार्टी महासमिति सदस्य कृष्ण गौतमलगायतको उपस्थिती रहेको थियो ।
त्यसपश्चात पाथ्रा घाटमा उनको अन्त्येष्टि गरिएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्