
दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथिको आक्रमणले लोकतन्त्र लज्जित भएको टिप्पणी गरेका छन् । व्यास १, १० र ११ जोड्ने बुल्दी पुलको उद्घाटन गर्दै पौडेलले पुल उद्घाटन गर्न नदिएर संघीयतामा स्थानीय निकायको तेजोबोध गरेको बताए ।
‘यसले संघीयतामा स्थानीय निकायको तेजोबोध भएको छ,’ पौडेलले भने । पुलिसको डण्डाले करङ दुःखेको र धेरै बोल्ने अवस्थामा नरहेको भन्दै पौडेलले पुलिसको दमनले कहिल्यै पनि नछाडेको बताए । ‘मलाई पुलिसको दमनले कहिल्यै पनि छाडेन,’ उनले भने,‘पुलिसको डण्डाले पेलेकाले बोल्न असजिलो भएको छ ।’

६ अर्बको विकास गरेंः शंकर भण्डारी
केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकारबाट निर्देशित मानिसले नियोजित रुपमा आक्रमण गरेको भन्दै निषेधाज्ञा शब्दकै बेईज्जती भएको भन्दै नैतिकवान सिडियो भए जनतासँग माफी मागेर जिल्ला छाडेर जाने जिकिर गरे । कस्ता मान्छे सांसद बनेका छन् भन्दै उनले एउटा पुल उद्घाटनमा रोक्ने नभै १० वटा पुल बनाएर देखाइदिने बताए ।
पार्टी जिल्ला अधिवेशनका सन्दर्भमा उनले तनहुँमा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि पौडेलसँग प्रस्ताव पनि गरे । नेकपा अहिले फुट्न र जुट्न दुवै नसक्ने अवस्थामा रहेको दाबी गर्दै उनले भोली तनहुँका ६ वटै सिट कांग्रेसले जित्न सक्ने बताए । उनले चाहे आँफै पनि नजुट्ने फुट्ने अवस्थामा नेकपा पुगेको भन्दै आगामी चुनावमा ६ सिट नै जित्ने दाबी गरे ।

निषेधाज्ञा शब्दकै बेइज्जतीः गोविन्द भट्टराई
केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकारबाट निर्देशित मानिसले नियोजित रुपमा आक्रमण गरेको भन्दै निषेधाज्ञा शब्दकै बेईज्जती भएको भन्दै नैतिकवान सिडियो भए जनतासँग माफी मागेर जिल्ला छाडेर जाने जिकिर गरे ।
कस्ता मान्छे सांसद बनेका छन् भन्दै उनले एउटा पुल उद्घाटनमा रोक्ने नभै १० वटा पुल बनाएर देखाइदिने बताए ।

सीडीओ साप तनहुँ बस्ने नैतिकता छैनः प्रदीप पौडेल
केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रशासनलाई नेकपाकरण गर्ने षड्यन्त्र भएको दाबी गरे । अहिलेको नेतृत्वमा कस्तो राजनीतिक संस्कार कस्तो नभएका व्यक्ति भएको भन्दै उनले ठेकेदार र विचौलिया भएको आरोप लगाए । ‘सबैभन्दा धेरै भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रधानमन्त्री ओली हुनुहुन्छ,’ उनले भने । उनले तनहुँका सीडीओलाई शंकेत गर्दै भने,‘सीडिओ साप अब तनहुँ बस्ने नैतिकता छैन ।
कार्यक्रममा उपस्थित आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, गण्डकी प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलगायतले पनि यस्तो घटना कहिल्यै नघटेको भन्दै सरकारको आलोचना तथा घटनाको निन्दा गरे ।

पुल निर्माणमा प्रदेश सरकारको कुनै बजेट नभएको भन्दै उद्घाटनमा गरिएको अवरोध स्थानीय शासनमाथिकै अवरोध भएको जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेले बताए । उनले पुल उद्घाटन गर्न रोक्ने कर्मचारीलाई जनताले हटाउन सक्ने चेतावनी दिए ।
व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले पुल निर्माणमा प्रदेश सरकारबाट रकम नै नपरेको भन्दै पुल उद्घाटनमा अवरोध गर्न खोजेर स्थानीय शासनमाथि अवरोध गरिएको आरोप लगाए । उनले प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठतर्फ लक्षित गर्दै गैरराजनीतिक पृष्ठभूमिको गतिविधि गरेको आरोप लगाए ।

अघिल्लो दिन नेकपाको भ्रातृ संस्था राष्ट्रिय युवा संघको प्रदर्शन र प्रशासनको निषेधाज्ञा भए पनि बिहिबार भने कुनै अवरोध भएन । कांग्रेसले शक्ति प्रदर्शन गर्दै केन्द्रदेखि छिमेकका नेता उतारेको थियो । कांग्रेसका विभिन्न भागबाट आएका कार्यकर्ताले पुल उद्घाटन अघि दमौलीबाट ¥याली निकाल्दै कार्यक्रमस्थलसम्म पु्गेका थिए ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्कबहादुर अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यवाहक पार्टी सभापति जितप्रकाश आले, नेताहरु महेन्द्रध्वज जिसि, संविधान सभासद रामचन्द्र पोखरेल, तरुण दल व्यास नगर कार्यवाहक सभापति जीवन चन्द लगायतले आक्रमणको निन्दा गरे ।