१५०० सिट क्षमताको सभा हल बनाउँदै ऋषिङ्ग गाउँपालिका

  • ख-
  • ख+


  संजय श्रेष्ठ ऋषिङ्ग : ऋषिङ्ग गाउँपालिका  पन्ध्रसय  सिट क्षमताको सभा हल निमार्ण गर्ने भएको छ । पालिकाले वडा नं १ झापुटारमा करिब ५० लाख रकम बराबरको तनहुँको सबै भन्दा ठूलो सिट क्षमताको सभा हल निर्माण गर्न भएको हो ।
बुधबार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभा हलको सिल्यान्याश  गर्नुभएको हो । प्रमुख अथिति पौडेलले  तनहुँको सन्दर्भमा विकासका लागि आफूले महत्तवपूर्ण भूमिका खेलेको बताउनुभयो  । गाउँ गाउँको विकासमा   नेपाली कांग्रेस सधैं लागि परेको र आगामी दिनमा समेत विकासका मुलहरु फुताउनेमा आफूहरु विश्वसत रहेको पौडेलको बताउनुभयो ।
वर्तमान सरकारले संविधानको मर्म र हित विपरीत  काम गरेको छ उहाँले भन्नुभयो । भ्रष्टाचारको चरम  विन्दुमा पुगेको यो सराकले अधिनायवादको खेती गरेर भ्रष्टाचारीलाई संरक्षण दिएको बताउनुभयो । गाउँबाट भागेको मनलाई सदा गाँउ तर्फ नै फर्कन लागि गाउँ गाउँको विकासमा म र सिंगो पार्टी लागिपरेका छौं उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले  तनहुँको दक्षिणी भेलमा अवस्थी ऋषिङ्ग गा पा ले विकास निर्माणका कामहरुलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको बताउनु भएको छ । कार्यक्रममा बोल्दै श्रेष्ठले संघ सरकार तथा प्रदेश सरकारले सहयाेग नगरेपनि आफूहरुले आयोजनालाई मूर्त रूप दिने प्रतिबद्धता जनाउनुभयो ।  सभा हल निर्माणका लागि योजनाहरु बनाउँदै गर्दा  जग्गाका विषयमा विभिन्न चलखेल समेत भएको भन्दै श्रेष्ठले कुनै पनि कुतत्वले  विकासका काममा अवरोध सिर्जना गर्न नसक्ने बताउनुभयो ।
श्रेष्ठका अनुसार  आम नागरिकले पलिकालाई तिर्नु पर्ने सम्पति कर मंसिर मसान्तर सम्म तिर्न आएमा ६०%सम्म छुटको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।
पूर्व विज्ञान तथा प्रविधि  मन्त्री शिव थापाले  विकासका लागि नयाँ जोश र उत्साह भएका युवाहरुको खाँचो रहेको बताउनुभयो ।      थापाले पार्टीगत हिसाब भन्दा माथि उठेर विकासका काममा युवा एक जुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस तनहुँका कार्यबहाक अध्यक्ष जितप्रकाश आलेले उपयोगिताको हिसाबेल दमौली आसपासको सबै जसो ठूला कार्यक्रम गर्न मिल्ने किसिमको भवन निर्माण गर्न लागिएको प्रति पलिकलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य सरिता गुरुङ्ग, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले ,  संविधान सभा सदस्य राम्रचन्द्र पोख्रेल , झुल बहादुर आले ,नेपाली काँग्रेस जिल्ला कार्यसमिति  तनहुँका सदस्य मोहन गिरी तथा विभिन्न वडाका अध्यक्ष तथा स्थानीय जनता र कार्यकर्ता लगायत गा. पा का प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलको उपस्थिति थियो रहेको थियो । गाउँपालिकाकी उपाध्यक्ष गिनु माया थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी