गफ्फरको मृगौला उपचारका लागि सवा ८ लाख शंकलन

  • ख-
  • ख+

दमौलीः दुवै मृगौला फेल भएर डेढ वर्षदेखि उपचारको खोजीमा रहेका व्यास ४ निवासी गफर मियाँलाई सवा आठ लाख सहयोग जुटेको छ ।


उनको सहयोगका लागि गठित गफ्फर बचाउन अभियानले सामाजिक सञ्जालमार्फत चलाएको अभियानका क्रममा स्वदेश तथा विदेशमा गरी मंगलबार सम्ममा ८ लाख २० हजार ५ सय रूपयाँ संकलन गरेको संयोजक सुदिप मियाँले जानकारी दिए ।


उक्त संकलित रकम अभियानका संयोजक सुदिप मियाँ सहितको टोलीले मंगलबार पीडित गफ्फरलाइ हस्तान्तरण गरेका छन । सो अवसरमा नेपाल मुस्लिम समाजका केन्द्रीय सदस्य सर्फु मियाँ, युवा व्यवसायी सलिम मियाँ सहितको उपस्थिति रहेको व्यास मुस्लिम सेवा समाजका अध्यक्ष सिद्धिक मियाँले जानकारी दिए ।


गफ्फर बचाउ अभियानले रकम संकलन गरि हस्तान्तरण गरेकोमा मृगौला पीडित मियाँ निकै भावुक देखिन्थे । आफ्नो उपचारको लागि यसरी सहयोग जुटाइदिएकामा बचाउ अभियान तथा सहयोग गर्ने सम्पुर्ण सहयोगी हातहरूलाइ उनले धन्यवाद दिए ।

मृगौला उपचार पद्धति निकै खर्चिलो भएकोले भोलिका दिनमा पनि अरू रकम संकलन गरि पीडितलाइ दिने सोचाइ रहेको हुँदा सहयोगी हातहरू लाई यो गम्भीर अवस्था बुझेर सहयोग गरिदिन बचाउ अभियानले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्