मास्क लगाएर हिंड्ने घटे, एक दिनमा १७ सयलाई मास्क बाँडियो

  • ख-
  • ख+

दमौलीः दमौली बजारमा मास्क नलगाई हिंड्ने झण्डै एक हजार सात सय जनालाई मास्क वितरण गरिएको छ ।

युवाहरुको संस्था टिम नेपो तनहुँले मास्क नलगाईकन सडकमा हिंड्ने तथा यात्रु साधनमा चढ्नेलाई त्यति धेरै परिमाणमा मास्क वितरण गरेको हो ।
‘मास्क नलगाउनेको संख्या धेरै बढी रहेछ,’ युवासँगै सडकमा मास्क वितरणकी प्रमुख अतिथि
प्रतिनिधि सभा सदस्य कलिला खानले भनिन् । उनले मास्क आफ्नै लागि भएकाले सबैले आफ्नो स्वास्थ्य हेरेर लगाउनुपर्ने सुझाव दिइन् ।


संस्थामा आवद्ध युवाहरुले दिनभर बजारका विभिन्न भाग र रोकिएका सवारीमा चढ्ने तथा यात्रा गर्न लागेका यात्रुलाई मास्क तथा स्यानिटाइजर पनि वितरण गरेका थिए ।

मास्क नलगाउने क्रम बढेकाले सचेतनास्वरुप सडकमा मास्क वितरण गरेर कोरोनाबाट जोगिन सन्देश दिएको संस्थाका अध्यक्ष गोविन्द तिमिल्सेनाले बताए । संस्थाले करिब तीन सय मास्क भने ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्