ऋषिङमै बसौं बसौं बनाउँछौं ः अध्यक्ष श्रेष्ठ

  • ख-
  • ख+

भिरकोटमा अस्पताल शिलान्याश
ऋषिङः
ऋषिङ गाउँपालिका ४ भिरकोटमा अस्पताल निर्माण शुरु भएको छ । हाल स्वास्थ्य चौकी रहेको ठाउँमा निर्माण गरिन लागेको अस्पतालको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्घाटन गरे । उनले अस्पताल ऋषिङसहित छिमेकको नवलपूरको बुलिङटार तथा देवघाट र घिरिङ समेतका लागि उपयुक्त भएको बताए ।

उनले जनताको आवश्यकता हेरि विकास निर्माण गर्ने बताए । अध्यक्ष श्रेष्ठले आफूहरु विकास गर्नका लागि नेतृत्वमा रहेको भन्दै कसैलाई काखापाखा नगर्ने भन्दै सबैलाई एउटै अंगालोमा राख्ने गरी विकास गरिरहेको बताए । उनले भने,‘हरेक कुरामा राजनीति नगर्न राजनीतिक दलका साथीहरुलाई अनुरोध गर्छु ।’


उनले रेडबुकमा परेको ऋंग पथको ऋषिङदेखि भिरकोटसम्मको सडकका लागि रातो किताबमा परेको दुई करोड रकम अन्यत्र पठाउने षडयन्त्र भएको आरोप लगाए । यसले सकारात्मक सन्देश नदिने भन्दै उनले यसमा राजनैतिक दलका नेतृत्वलाई सक्रिय हुन सुझाव दिए ।
अध्यक्ष श्रेष्ठले ऋषिङमै बसौं बसौं बनाउनका लागि गाउँपालिकाले सडकदेखि पूर्वाधार विकावसको काम गरिरहेको बताए ।


संघ सरकारको सहयोगमा बन्न लागेको अस्पतालका लागि झण्डै १० करोड लागत पर्ने अनुमान गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए ।

शिलान्याशका लागि आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, नेकपा जिल्ला सदस्य प्रेमराज राना, प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेल, नेपाली कांग्रेस ऋषिङ ४ का सभापति प्रेम श्रेष्ठ, न्यायिक समिति सदस्य भरतकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्