तीन दिने कार्यक्रम लिएर आए पौडेल

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तीन दिने विकास निर्माणका योजनाको उद्घाटन कार्यक्रम लिएर दमौली आएका छन् ।


वरिष्ठ नेता पौडेलले विभिन्न तहमा हुने विकास निर्माणको उद्घाटन तथा कार्यकर्ता भेटघाटको सूची तयार पारेका छन् । नेकपाका निर्वाचित सांसदहरु जिल्लामा सक्रिय रहेकै बेला पौडेलले पनि सोही प्रकृतिका विकासका उद्घाटनमा आफूलाई संलग्न गराउनेछन् ।


सोमबार दमौली आएका उनले मंगलबार सोँडेमा मादीसेतीमा निर्मित पक्की पुलको उद्घाटन गर्दैछन् । उनले मंगलबार विहान पर्यटकीय मानुङमा पनि कार्यक्रम राखेका छन् । यसपाली विकासका धेरै योजनाको उद्घाटन गर्ने कार्यक्रम बनेको उनका स्वकिय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।

उनका अनुसार पौडेलले पर्यटकीय मानुङको भ्रमणका अलावा १७ गते बुधबार ऋषिङ गाउँपालिका वडा न १ मासभाहाल शिलान्यास तथा सोही दिन बुल्दि खोला–रानीगाउँ जाने पक्की पुलको उद्घाटन पनि तय गरेका छन् ।


यसैगरी सोही दिन व्यास १, १० र ११ वडालाइ जोड्ने मोटरेबल पुलको उद्घाटन पनि पौडेलले गर्ने कार्यक्रम तय गरिएको छ । पौडेलले यसबीचमा कार्यकर्ता भेटघाटमा पनि गर्दैछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्