किसानले टुंग्याए क्षेत्र नम्बर १ को विकास योजना (सूचीसहित)

  • ख-
  • ख+

दमौलीः तनहुँ क्षेत्र नम्बर १ को विकास योजना टुंगो लागेको छ । प्रतिनिधि सभा सदस्य कृृष्णकुमार श्रेष्ठ किसानले आफ्नो क्षेत्रका पाँच तहका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत चार करोड रुपैयाँको विकास बजेट टुंगो लगाएका हुन् ।


श्रेष्ठले व्यास नगरपालिकाका लागि एक करोड २७ लाख ४० हजार बजेट विनियोजन गरेका छन् । यसैगरी भानु नगरपालिकाका लागि एक करोड १७ लाख, बन्दीपुर गाउँपालिकाका लागि ४७ लाख बजेट विनियोजन गरिएको छ ।


आँबुखैरेनीका लागि ५० लाख तथा देवघाटका लागि ५५ लाख रुपैयाँ बजेट विनियोजन भएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।
विनियोजितमध्ये विकासमा तीन करोड ९६ लाख ४० हजार तथा प्रशासनिक खर्च तीन लाख ६० हजार रुपैयाँ राखिएको छ ।


व्यासमा सर्वाधिक बजेट
विनियोजित बजेटमा जिल्लाकै धेरै जनघनत्व रहेको व्यास नगरपालिकामा सर्वाधिक एक करोड २७ लाख विनियोजन गरिएको छ । सबैभन्दा कम बेट भने बन्दीपुर गाउँपालिकाले पाएको छ । बन्दीपुरका लागि ४७ लाख ४० हजार बजेट विनियोजन भएको देखिएको छ ।


श्रेष्ठले विनियोजन गरेका बजेटमा धेरै जसो रकम मोटरमार्गको स्तरोन्नतीमा विनियोजन भएको पाइएको छ । खेलकुद मैदान, सामुदायिक भवन आदिमा पनि बजेटको ठूलो हिस्सा खर्च गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी