म्याग्देमा प्रशस्त विकास भएको छः म्याग्दे अध्यक्ष राना

  • ख-
  • ख+

विकास खनाल
थर्पुः
म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुमा १० शैयाको अस्पतालको सोमबार म्याग्दे गाउँपालिका अध्यक्ष माया देवी रानाले शिलान्यास गरेकी छन् ।

संघ सरकारले देशैभर एकसाथ ३९६ स्थानीय तहमा आधारभुत अस्पताल निर्माण गर्ने योजना अनुसार म्याग्देमा पनि शिलान्यास भएको हो । अस्पतालको शिलान्यास गर्दै अध्यक्ष मायादेवी रानाले अस्पताल निर्माण पश्चात् स्थानीय मानिसको आधारभुत आवश्यकता पूरा हुने विश्वास व्यक्त गरिन् ।


थर्पुमा रहेको स्वास्थ्य चौकीलाइ स्तरोन्नति गरि स्वास्थ्य चौकीकै नाममा रहेको ५ रोपनी जग्गामा अस्पताल निर्माण भइ सेवा दिने उनले जानकारी दिइन् । आफु जनप्रतिनिधि भएर आइसकेपछि जनताले महसुस गर्ने गरी थुप्रै विकास निर्माणका कामहरू हुँदै आइरहेको पनि उनले बताइन् ।

स्वास्थ्य अत्यन्तै संवेदनशिल क्षेत्र भएको र यसलाई समयमै गुणस्तरीय भवन निर्माण गरि सेवा दिन गाउँपालिका लागि पर्ने रानाले बताइन् । अस्पताल निर्माणका लागि सरकारले १० करोड ८३ लाख ३६ हजार बजेट बिनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अधिकारीले बताए ।


अस्पताल निर्माण पश्चात् अस्पतालमा दुई जना मेडिकल अधिकृत सहित १७ जना स्वास्थ्यकर्मीहरू रहने स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी