कोरोना भेटिने दर बढ्योः ८ हजार नमूना जाँच्दा १२५५ मा संक्रमण

  • ख-
  • ख+

काठमाडौं: नेपालमा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ८ नमुना परीक्षण गर्दा १२ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ४ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हाल देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् भने ६३२ जना क्वारेन्टाइनमा रहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्