लायन्स क्लब अफ पोखरा सिटीद्वारा भिमादको बालविकास माविलाई सहयोग

  • ख-
  • ख+

भिमादः सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा पिस सिटीले आफÞनो नवौं स्थापना दिवसका विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै मनाएको छ । क्लबले शनिबार तनहुँको भिमाद नगरपालिका वडा नं २ टेक्रेस्थित बालविकास माध्यमिक विद्यालयमा सहयोग गर्दै स्थापना दिवस मनाएको हो ।

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतको क्लबले विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत २०३ जना विद्यार्थीलाई ट्रयाकसुटका साथै स्टेशनरी र खेलकुदका सामग्री वितरण गरेको हो ।
क्लबले विगत केहि वर्ष यता स्थापना दिवस अनावश्यक खर्च गर्ने क्रमलाई परिवर्तन गर्दै विभिन्न सामाजिक काम गरी मनाउंदै आएको क्लबका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक टंकराज अधिकारीले जानकारी दिए ।


सोही अवसरमा बाबा फÞाउण्डेशन नेपालद्वारा उपलब्ध गराईएको स्टेशनरी सामग्री पनि वितरण गरिएको थियो । फÞाउण्डेशनले विगत पाँच बर्षदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउदै आएको छ ।
कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख मेखबहादुर थापाले फजुल खर्च गरी स्थापना दिवस मनाउनुभन्दा यस्ता कार्यका माध्यमबाट मनाउँदा सामाजिक योगदानका साथै अरुका लागि पनि अनुकरणीय बन्ने धारणा राखे । नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमराज अचार्यले शिक्षाको गुणस्तरीयता अहिलेका आवश्यकता भएको बताउँदै त्यस तर्फ केन्द्रित बन्न विद्यालयलाई सुझाव दिए ।


क्लबले सामाजिक सेवाका क्षेत्रमा आफूलाई अघि बढाइरहेको बताउँदै क्लबका अध्यक्ष रामप्रसाद अधिकारी र संस्थापक अध्यक्ष सुदीपराज ढुङ्गानाले विद्यालयमा यस अघि पुस्तकालय स्थापना लगायतमा पनि सहयोग गरेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईमानसिंह थापा, प्रधानाध्यापक रामजी सिग्देल लगायतले व्यक्तिगत रूपमा सहयोग सङ्कलन गरी क्लबको नाममा विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराएकोमा क्लब परिवार र बाबा फÞाउण्डेशन नेपालप्रति आभार व्यक्त गरे । उक्त अवसरमा क्लबका संस्थापक अध्यक्ष ढुङ्गानाले क्लबका पूर्व अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक तथा अध्यक्ष लगायतलाई सम्मान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी