बलात्कार मुद्दामा सजाय सुनाइएका ४८ वर्षपछि पक्राउ

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रहरीले जर्बजस्ती करणी मुद्दामा तनहुँ अदालतले कैद सजाय सुनाएका एक व्यक्तिलाई ४८ वर्षपछि पक्राउ गरेको छ ।


२०२९ पुष २३ गते तनहुँ जिल्ला अदालतको फैसलाले ६ वर्ष कैद सजाय सुनाए पनि फरार ती व्यक्तिलाई प्रहरीले हालै पक्रेको हो । तनहुँ साबिक ढोरफिर्दी १ तथा हाल शुक्लागण्डकी नगरपालिका निवासी केशे भनिने बुधे दमैलाई उनकै घरबाट पक्राउ गरेको हो ।


उनी अदालतको आदेशले सजाय भुक्तानका लागि कारागार चलान भएका छन् । यससँगै, सवारि ज्यान मुद्दामा जरिवाना रहेका दुई जना, चोरी मुद्दाका चारजना, लिखत बेइज्जती मुद्दामा एक जना, जालसाची मुद्दामा दुई गरी १० जनालाई आईतबार अदालत पेश गरिएको प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी शिवराज क्षेत्रीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्