हरित नेपालद्वारा इंट्टा उद्योगबारे स्थानीय सरकारसँग अन्र्तक्रिया

  • ख-
  • ख+

दमौलीः एकिकृत हरित विकास नेपालद्वारा संचालित बेटर ब्रिक नेपालले ईंट्टा उद्योगको वर्तमान अवस्था र स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा र्इंट्टा उद्योगको सुधारका लागि स्थानीय निकायबीच संयन्त्र निर्माण गर्ने प्रतिबद्धता जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले प्रतिवद्धता जनाए ।


अवैध रुपमा संचालित घरेलु इट्टा उद्योगहरुलाई मध्य नजर गर्दै यसलाई व्यस्थित पार्नका निमित्त संयन्त्र निर्माण गर्नु जरुरी रहेको व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।
बेटर ब्रिक नेपाल कार्यक्रमले स्थानीय सरकारसंग हातेमालो गर्दै स्थानीय सरकारलाई नै हस्तान्तरण गर्ने ग्लोबल फेयरनेस इनिसीयटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डितले बताए ।


कार्यक्रममा भानु नगरपालिका प्रमुख उदयराज गौली, म्यादे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना, पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचर्य, ग्लोबल फेयरनेस इनिसियटिभ नेपालका राष्ट्रिय निर्देशक सुरेश पण्डित साथै एकिकृत हरित विकास नेपालका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


तनहुँ जिल्लामा रहेको व्यास, भानु नगरपालिका साथै म्याग्दे गाउपालिका भित्र रहेका ईंट्टा उधोगका कामदारका विद्यालय पढ्ने उमेरका बालबालिकाहरुलाई विद्यालयसम्म भर्ना गराउने सम्बन्धमा पालिकाले आबश्यक निर्देशन गर्ने, ईंट्टा उद्योग तथा अन्य स्थानमा स्थापित उद्योगहरुलाई सामाजिक उत्तरदायित्व वहन गरे नगरेको अनुगमन गर्ने र सम्बन्धित पालिकालाई उक्त अनुगमन गर्न सिफारिस गर्ने, सामाजिक उत्तरदायित्व बहन गर्न इट्टा उद्योगी तथा अन्य उद्योगीहरुलाई प्राथमिकता दिने साथै नीति निर्माण गर्न स्थानिय तहहरुले बिशेष पहल गर्ने बैठकको निष्कर्ष रहेको एकिकृत हरित विकास नेपालका फिल्ड अधिकृत सुमध पन्तले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्