वृद्धाको मृत्युपछि ६ दिनका लागि ऋषिङ ८ शिल

  • ख-
  • ख+

दानबहादुर श्रेष्ठ
ऋषिङः
कोरोना संक्रमणका कारण एक वृद्धाको ज्यान गए पछि ऋषिङ गाउँपालिका वडा नम्बर ८ क्षेत्र छ दिनका लागि शिल गरिएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा स्थानीय ७८ वर्षिया वृद्धाको ज्यान गए पछि वडा कार्यालयको आकस्मिक बैठकले मंसीर १८ गते रातीसम्मका लागि वडा कार्यालय शिल घोषणा गर्दै अत्यावश्यक बाहेक हिंडडुल नगर्न अनुरोध गरेको छ ।


वडा अध्यक्ष भविसरा आलेले सूचना जारी गर्दै थप संक्रमण फैलन नदिनका लागि विद्यालयको पठनपाठन, संघसंस्था, कार्यालय, पसल र होटल बन्द गरिने भन्दै भेला र आवतजावत नगर्न अनुरोध गरेकी छन् ।


कक्षा १२को परीक्षा भने यथावत हुने वडाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्