आँबुखैरेनीमा बस खोल्सामा खस्यो, १७ घाइते

  • ख-
  • ख+

आँबुखैरेनीःआँबुखैरेनी मिलनचोकमा बस सडकबाट खोल्सामा खस्दा १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस सडकबाट पाँच मिटर तल खसेको हो ।

घटनामा परी बसमा सवार १४ जना यात्रु तथा बसको पछाडिको भागको ठक्करबाट आँबुबाट दमौलीतर्फ आउँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरमा सवार तीन जना पनि घाइते भएका छन् ।

ट्राफिक प्रमुख रेशम रानाभाटले घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि भरतपुर तथा एकलाई पोखरा पठाइएको जानकारी दिए । अन्य घाइतेको अवस्था सामान्य रहेको र केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको उनले जानकारी दिए ।


घाइते हुनेमा तनहुँ, पर्वत र स्याङजाका यात्रु अधिक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी