महेन्द्र माविको ४ कोठे भवन बन्दै

  • ख-
  • ख+

विकास खनाल
गुणादी:
म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा बन्दै गरेको आफ्नो नयाँ चार कोठे भवन निर्माणको काम द्रुत गतिमा भैरहेको महेन्द्र माध्यमिक विद्यालयले जनाएको छ । तनहुँ जिल्ला आयोजना कार्यान्वयन ( शिक्षा ) एकाईको ६८ लाख रुपैयाँ सहयोगमा उक्त भवन निर्माण सुरु भएको हो ।

भवन अपांग र वातावरणमैत्री बन्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालले बताए । तल दुई कोठा र माथि दुई कोठा बनाउन लागिएको खनालले जानकारी दिए ।
गुणादी, बर्च्याङ, मानुङ, दिर्वु लगायतका बस्तीबाट पढ्न आउने उक्त विद्यालयमा अधिकांश आदिवासि जनजाति विद्यार्थी अध्ययन गर्दछन ।

विद्यालयमा म्याग्दे गाउँपालिका शिक्षा साखाको चार लाख रुपैयाँ सहयोगमा छात्र छात्राको लागि नयाँ शौचालय पनि निर्माण भएको छ । साथै लाइब्रेरी, कम्प्युटर कोठा पनि निर्माण भैसकेको छ । विद्यालयले प्राविधिक शिक्षा सन्चालनको लागि गत वर्ष महायज्ञ लगाएको र अमिन विषय पढाइ सन्चालनको लागि माग भैरहेको र प्रकृयामा रहेको प्रधानाध्यापक सोमबहादुर थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी