प्रताप दासको आवाजमा ‘रीत’ सार्वजनिक (भिडियोसहित )

  • ख-
  • ख+

दमौली: प्रताप दासको आवाजमा रहेको दमौलीका कलाकारले अभिनय गरेको रीत गीतको भिडियो सार्वजनिक गरिएको छ । सीड इन्टरटेनमेन्टले युट्युबमार्फत सार्वजनिक गरेको आधुनिक भिडियोमा राजकुमार बगरको संगीत तथा बिमल जिसिको शब्द समावेश छ ।


प्रेमसम्बन्धी विषय समावेश गीतमा मुख्य रुपमा व्यास १४ निवासी कलाकार दल थापा तथा ऋषिङ १ की कलाकार सिर्जना आलेसँगै सञ्चारकर्मी विष्णु मास्की समेतको अभिनय छ ।
देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो दमौली, छाब्दी तथा आसपासका क्षेत्रमा निर्माण गरिएको छ ।

गत वर्ष तिर्सना सार्वजनिक गरेको इन्टरटेनमेन्टको यो दोश्रो कोसेली हो । गीतमा धनी र गरिबबीच मायामा भएको विभेदको विषय समावेश रहेको मोडल थापाले बताए ।

मोडल थापाले दर्जनबढी विभिन्न भिडियोमा अभिनय गरिसकेका छन् । आधुनिक शैलीको भिडियोलाई दर्शकले रुचाउने विश्वास निर्माण समूहको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्