अपांगता भएका गुरुङलाई क्यानडाबाट सहयोग

  • ख-
  • ख+


दमौली: आर्थिक अवस्था कमजोर भएका व्यास ३ शान्तिनगर बस्दै आएका गणेश गुरुङलाई शुभेच्छुकले सहयोग गरेका छन् ।
व्यास ३ शान्तिनगरमा एक भाडाको घरमा परिवारसँग बस्दै आएका उनी यस अघि परिवारले भाडा तिर्न नसके पछि निकालिएका थिए ।


उनका लागि सहयोग जुटाउन सक्रिय सञ्चारकर्मी सुमन श्रेष्ठले थालेको अभियानमा व्यास -४ वागबजार घर भै हाल क्यानडा बस्दै आएका करुन गौतमले चामल, दाल, तेल, लगाएत खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।


उनले आफ्ना आफ्ना दिवंगत बुबा कृष्णमुरारी गौतम र आमा मुक्ता गौतमको स्मृतिमा सहयोग गरेको श्रेष्ठले जानकारी दिए । उनका लागि सामाजिक सञ्जालबाट सहयोग जुटाउने अभियान जारी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी