प्रशासनले भन्यो,‘एकादशीमा नदी किनारमा भिड नगर्नु’

  • ख-
  • ख+

दमौलीः जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना संक्रमणको जोखिम बढिरहकेो भन्दै नजिकिएको हरिबोधनी एकादशीका क्रममा नदी किनारमा उपस्थित नहुन सूचना जारी गरेको छ ।

प्रशासनले अधिक आगमन र भिडभाडले जोखिम बढ्ने भन्दै एकादशीलगायतका चाड मनाउँदा नदी किनारा घाट तथा मन्दिरमा उपस्थित नभै परिवारमै मनाउन अनुरोध गरेको छ ।
सहायक प्रजिअ चित्रांगद बरालद्वारा जारी सूचनामा सरकारी कार्यालयमा स्वास्थ्य मापदण्ड पालना कमी भएको देखिएको भन्दै संक्रमणको जोखिम न्यूनीकरणका लागि भौतिक दुरी कायम गर्ने तथा अनिवार्य रुपमा मास्क लगाउन र साबुन तथा स्यानिटाइजरको प्रयोग गर्न भनिएको छ ।


प्रशासनले सार्वजनिक सवारी साधनमा तोकिएका भन्दा बढी यात्रु पनि नराख्न भन्दै सूचनाको अवज्ञा गर्नेलाई संक्रामक रोक ऐन अन्र्तगत कारबाही गर्ने चेतावनी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी