देश बनाउनु पर्ने नेकपा सत्ताको झगडामा ः महर

  • ख-
  • ख+

दमौलीः स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष नैनसिंह महरले केपी ओली नेतृत्वको सरकारले जनतालाई भ्रममा राख्ने काम मात्रै गरेको आरोप लगाएका छन् ।

नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका उनले दमौलीमा आयोजित कार्यक्रममा अहिलेको संकटका बेला देश बताउनु पर्नेमा सत्तारूढ नेकपा घर भित्रको झगडामा रूमल्लिएको भन्दै सत्ता कसरी जोगाउनमै केन्द्रीत रहेको आरोप लगाए ।


पार्टीका अध्यक्षले लिखित रूपमा आफ्नै अध्यक्षलाई लगाएको आरोपलाई नेकपाले सामान्य रूपमा लिन नसकिने र यसलाई काङ्ग्रेसले मुद्दाको रूपमा उठाउनुपर्ने महरको भनाइ थियो । अब नेता बचाउने कि पार्टी भन्ने बेला काङ्ग्रेसमा आएको र सबै एक ढिक्का हुनुपर्ने महरले बताए ।

संस्थाका जिल्ला अध्यक्ष डम्बर अधिकारीको नेतृत्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य डोवाटे विक, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, जिल्ला समन्वय सदस्य केशबहादुर सुनार, प्रवक्ता गल गुरूङ, ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष सूर्यचन्द्र हड्खले, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिका सभापति राजकुमार श्रेष्ठ राकु, तरूण दलका जिल्ला सदस्य लक्षु मल्ल लगायतको उपस्थित रहेको संस्थाका सचिव बसन्त कँडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी